उपत्यकामा निषेधाज्ञा खुकुलो

काठमाडाैँ-काठमाडौं उपत्यकामा पुन निषेधाज्ञा खुकुलो बनाउने निर्णय भएको छ ।

गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरु नयाँ आदेश जारी गरेका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाउन निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले भने, अब सर्वसाधारण आफैं पनि सचेत हुनुपर्छ, सामाजिक दूरी कायम गर्ने, गराउने विषय सबैको दायित्व हो ।

कुनकुन क्षेत्र कसरी खुला गर्ने भन्ने बारे सूचना प्रकाशित गरेर स्थानिय प्रशासनले लकडाउन खुकुलाे बनाएकाे हाे । स्रोतका अनुसार भोलि भदौ २५ गतेबाट सवारी साधनहरु जोर र विजोर नम्बरका आधारमा सञ्चालन हुनेछन् ।

निजी सबै र सार्वजनिकको हकमा १६ भन्दाबढी सिट भएका सवारी साधन जोर विजोर प्रणालीमा चल्नेछ ।