सहकारी संस्थाको रकम ठगी गरेको आरोपमा राजकाजी खड्गी पक्राउ
काठमाडौं- प्रहरीले एक जनालाई सहकारी संस्थाको रकम ठगी गरेको आरोपमा पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–२१ न्यूरोडमा रहेको नौलो परिवेश बचत तथा सहकारी संस्था लिमिटेडको प्रबन्धक पदमा रहेका बेला ५ करोड ६७ लाख रूपैयाँ ठगी गरेको आरोपमा काठमाडौं–३१ का ४४ वर्षीय राजकाजी खड्गी पक्राउ परेका हुन्।
सहकारीको हर हिसाव तथा बैंक खाता सञ्चालन समेतको सम्पूर्ण जिम्मा लिई उनले २०७० असारदेखि गएको जेठ मसान्तसम्म रकम ठगी गरेको आरोप लागेको छ ।
महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले उनलाई ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरिएको बताए।
पक्राउ परेका खड्गीलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुको जिम्मा लगाइएको छ।
मुलुकी फौजदारी संहिता, २०७४ को दफा २४९ बमोजिम ठगी सम्बन्धी कसूरमा अनुसन्धानको लागि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद पाएको छ।
प्रतिक्रिया