सार्वजनिक यातायात खोल्न व्यवसायीको माग

काठमाडौं । लामो समय देखि यातायात नचलेकोले यातायात व्यवसायीले तत्काल सार्वजनिक यातायात सेवा खोल्न माग गरेका छन् । मंगलबार यातायात व्यवस्था विभागअगाडि धर्ना दिँदै व्यवसायीलेहरुले यातायात खोल्न माग गरेका हुन् ।

सार्वजनिक यातायात सेवा छोटो दूरीका साथै अन्तरजिल्ला, प्रदेश यातायात सेवासमेत खोल्न व्यवसायीहरुले माग गरको छ।

कोरोना भाइरसको महामारी कारण लामो समयदेखि यातायात सेवा ठप्प हुँदा व्यवसायी गम्भीर संकटको अवस्थामा पुगेको उनीहरुको भनाइ छ ।

आवश्यकताका आधारमा सरकारले व्यवस्थापन गरेको होल्डिङ्ग सेन्टरबाट सञ्चालित सिमित निजी सवारीसधानले समेत सहज सेवा दिनुको साटो उल्टो थप जटिलता ल्याउने काम सरकारले गरेको उनीहरुको भनाइ छ ।

यातायात व्यवसायीले सार्वजनिक यातायात केन्द्रीय महासंघको नेतृत्वमा आन्दोलित व्यवसायीले आठ बुँदे मागपत्रसमेत बुझाएको छ ।