नयाँ ३८ संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २६ सय ५० पुग्याे

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २६ सय ५० पुगेको छ ।

गण्डकी प्रदेशकाे क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा नयाँ ३८ संक्रमित थपिएसँगै दुई हजार ६ सय ५० जना पुगेको हो ।

पोखरा महानगरपालिकामा रहेको गण्डकी मेडिकल कलेजमा उपचाररत एक बिरामी पनी नयाँ संक्रमितमा छन् । साथै पार्कल्यान्ड अस्पतालका कार्यरत एक चिकित्सकमा पनि संक्रमण देखिएको छ ।

पोखरा फुड्स प्रालिमा कार्यरत २० महिला र ४ पुरुषमा पनि संक्रमण देखिएको छ । सबै संक्रमितलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जनकारी दिएका छन् । सबै संक्रमित व्यक्तिहरु कन्टयाक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।