चितवनमा कोरोना संक्रमितको संख्या एक हजार नजिक
चितवनमा कोरोना भाइरसको संक्रमितको संख्या एक हजार नजिक पुगेको छ ।
चितवन स्वास्थ्य कार्यालयले आइतबार दिउँसो सार्वर्जनिक गरेको विवरणमा जिल्लामा संक्रमितको संख्या ९ सय ८६ थियो ।
आइतबार साँझ चितवन मेडिकल कलेजले गरेको परीक्षणमा चितवनका १९ सहित कुल ३० जनामा संक्रमण देखिएको थियो ।
आज सोमबार बिहान भरतपुर अस्पतालको प्रयोगशालामा र चितवनका ३३ सहित ४३ जनामा संक्रमण देखिएको छ । दुवै प्रयोगशालामा थपिएको नतिजाअनुसार चितवनमा संक्रमितको संख्या १ हजार ३८ पुगेको छ ।
स्वास्थ्य कार्यालयको विवरणमा हिजो दिउँसोसम्म चितवनमा निको हुनेको संख्या १ सय ८० मात्रै छ । संक्रमितमध्ये २ सय ५५ जना ‘होम आइसोलेसन’मा छन् । चितवनमा कोरोना संंक्रमणको कारन १२ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया