गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना भाइरसको संक्रमण
काठमाडौँ- गण्डकी प्रदेशका ४ जिल्लामा थप ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कास्कीको पोखरा महानगरपालिकाका ३१ जनामा सङ्क्रमण देखिएकाे छ ।
कास्कीको पोखरामा महानगरपालिका ३१ जना, गोरखाका १८ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वका १५ जना र तनहुँका ३ जनामा संक्रमण भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान ५:५० बजे जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखराका २६ र २३ वर्ष उमेरका स्टाफ नर्स र ३६ र २७ वर्ष उमेरका दुईजना महिला सहयोगी कर्मचारी संक्रमित थपिएका छन्।
पोखराका अरू संक्रमितमा २५ जना भने पोखरा फुड्स प्रा.लि. मा कार्यरत रहेको तथा २ जना यसअघि नै अस्पतालमा उपचार गराइरहेका एक महिला र एक पुरूष रहेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका १२ का ४० वर्षीय पुरुष पनि स्वास्थ्यकर्मी रहेको निर्देशनालयले जानकारी दिएको छ।
अन्य संक्रमितहरूमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिकामा एकजना, देवचुली नगरपालिकामा १४ जना छन् ।
यस्तै गोरखाको गोरखा नगरपालिकामा १६ जना, पालुङ्गटार नगरपालिकामा दुई जना र तनहुँको व्यास नगरपालिकामा तीन जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।
प्रतिक्रिया