चितवनमा थपिए ७४ कोरोना संक्रमित

चितवन - चितवनमा एकै दिनमा ७४ जना कोरोना  संक्रमित थपिएका छन् ।

चितवनको भरतपुर कोभिड प्रयोगशाला र चितवन मेडिकल कलेज कोभिड प्रयोगशालामा हिजो बिहीबार गरिएको परीक्षणमा चितवनका मात्रै ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर कोभिड प्रयोगशालामा थप १७ जना र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५६ जना रहेका छन् । यस्तै, राप्ती नगरपालिकाका ९, खैरहनी नगरपालिकाका ४, रत्ननगर नगरपालिकाका ३ र कालिका नगरपालिकाका २ जनामा छन् ।