उपत्यकाकामा १५ दिन कर्फ्यू आदेश जारी गरी निषेधाज्ञालाई थप कडा बनाउन मेयर फोरमको सुझाव
काठमाडौं । उपत्यकामा १५ दिन थप निषेधाज्ञा गर्न नगरपालिका मेयर फोरमले सुझाव दिएको छ ।
निषेधाज्ञालाई थप कडाइ गर्न पनी उनिहरुले सुझाव दिएका छन् ।
काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमको आज बुधबार बसेको भर्चुअल बैठकले १५ दिन कर्फ्यू आदेश जारी गरी निषेधाज्ञालाई थप कडा बनाउन उपत्यकाका तीनवटै जिल्ला प्रशासनलाई सुझाव दिएका हुन् ।
अब के गर्ने भनी तीन जिल्लाका प्रमुख अधिकारीको संयुक्त बैठकले निषेधाज्ञालाई यथावत राख्ने वा स्वरुप परिवर्तन गर्ने भन्ने सम्बन्धमा निर्णय गरेर अगाडी बढनेछ।
प्रतिक्रिया