केन्द्रीय कारागारका तीन जना कैदीको मृत्यु
काठमाडौं - केन्द्रीय कारागार काठमाडौंका तीन जना कैदीहरुको मृत्यु भएको छ ।
मृतक तीन जना कैदीहरु मध्ये एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कञ्चनपुरका ४० वर्षीय पुरुषको उपचारको क्रममा सोमबार साँझ मेगा अस्पतालमा मृत्यु भएको कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए अन्य दुई जना कैदीबन्दीको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुई जना मृतक बझाङ र सिरहाका हुन् ।
हालसम्म केन्द्रीय कारागारका ५२ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कारागारको सुरक्षामा कार्यरतरहेको ५६ सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया