प्रहरी जवानले आफ्नौ कन्चटमा गोली हानी आत्महत्या गरेपछि....

कर्णाली प्रदेश प्रहरी गणमा एक जना प्रहरी जवानले आत्माहत्या गरेका छन् । बिहीबार बिहान २ः५६ को समयमा ड्युटी बसिरहेको समयमा प्रहरी जवानले एसएलआरबाट दाहिने साईडको कन्चटमा गोली हानी आत्माहत्या गरेको हो ।

दार्चुलाको अपी नगरपालिका(६ घर भएका २६ वर्षीय कबिन्द्र बिकले आफ्नै कन्चटमा एसएलआर गोली हानी आत्माहत्या गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनको दरबन्दी कालिकोटको प्रहरी चौकी सुकाटियामारहेको थियो । तर उनी कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत रहेका थिए ।