जंगली च्याउ खाएर सात जना बिरामी

रसुवाको आमाछोदिङ्मो गाउँपालिका- ५ को भेडीगोठमा जंगली च्याउ खाएर सात जना बिरामी परेका छ ।
उनिहरुलाई सात जनाको स्वास्थ्यकर्मीले गोठमै पुगेर उपचार गरेका छन् ।

शनिवार बिहान च्याउ खाएका उनीहरु दिउँसो बिरामी परेका थिए ।

सात जना च्याउ खाएकाहरु बिरामी परेको थाहा पाउनासाथ हिजो बेलुकी थाम्बुचेत प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक अभिनाश भण्डारीको नेतृत्वमा ३ जना र थाम्बुचेत स्वास्थ्य चौकीका २ जना स्वास्थ्यकर्मी उद्धारको लागि घटनास्थल गएका थिए ।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका-४ का २५ वर्षीय निहा लामा तामाङ, उनकी श्रीमती २५ वर्षीया बुटीमाया तामाङ, बहिनी ११ वर्षीया सुशीला तामाङ, धादिङ जिल्लाको रुबिभ्याली गाउँपालिका-१ का ३१ वर्षीय घले, २६ वर्षीय क्षितिज घले, उनकी श्रीमती २५ वर्षीया चोमाया तामाङ र ३० वर्षीया तितिमाया घले बिरामी परेका हुन् ।

राति पौने ११ बजे भेठिगोठ पुगेको प्रहरी र स्वास्थ्यकर्मीको टोलीद्वारा उनीहरूको त्यहीँ उपचार भइरहेको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिएका छ ।