६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

सप्तरी - विश्व्यापी महामारी रुपमा फैलिएका कारोना भाइरसका कारण सप्तरीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

राजविराज नगरपालिका वडा नम्बर–२ तेतरीगाछी निवासी ६५ वर्षीया महिलाको मृत्यु भएको छिन् ।

उनलाई बिरामी भएपछि शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी उनको तत्कालै स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्ट शनिबार साँझ पोजेटिभ आएको थियो ।

ती महिला उपचारकै क्रममा सास फेर्न गाह्रो भएपछि ती महिलालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य

विज्ञान प्रतिष्ठान धरान रेफर लग्ने क्रममा बाटोमै उनको मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रन्जित झाले जानकारी दिए ।