भारतीय ट्रकको ठक्करबाट बर्दिबासमा अटोरिक्सा चालकको मृत्यु
महोत्तरी – आज भारतीय ट्रकको ठक्करबाट महोत्तरीको बर्दिबासमा एक अटोरिक्सा चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले मृत्यु हुनेमा बर्दिबास नगरपालिका–१ बस्ने अटोरिक्सा चालक शम्भु श्रेष्ठ रहेको बताए ।
वडा नं १ स्थित सडकमा रोकिराखेको ना ३ स २३६१ नम्बरको अटोरिक्सालाई मालसामान बोकी आएको आजे २ जिबी ३३४७ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा अटोरिक्सामा बसिरहेका चालक श्रेष्ठको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते चालक श्रेष्ठलाई उपचारका लागि स्थानीय जनसेवा अस्पतालमा लगिएको र उपचारका क्रममा मृत्यु भएको थियो ।
ठक्कर दिने भारतीय ट्रक र चालक भारतकै अरबिन कुमार बलाइतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया