नेपाल–भारत सीमानामा खटिएका ४७ जना सशस्त्र प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि
नेपाल–भारत सीमानामा खटिएका ४७ जना सशस्त्र प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमण देखिने सबै बारा, पर्सा र रौतहटस्थित नेपाल–भारत सीमानामा खटिएका हुन । उनीहरुको बुधवार स्वाब संकलन गरीएको थियो ।
४७ प्रहरीमा पिसिआर परिक्षण गरिएको पछि रिपोर्ट पोजेटिभ आएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयका एक उच्च अधिकृतले जानकारी दिए ।
काठमाडौंबाट थप मद्धतका लागी सशस्त्र प्रहरीहरु तराई गएका थिए । बारास्थित गण नम्बर ४० रिजर्भ गण मार्फत उनीहरुलाई खटाइएको थियो ।
संक्रमित सशस्त्र प्रहरीलाई अहिले पिलुवास्थित रिजर्भ गणमा तयार पारेको आईसोलेशनमा राखिएको छ ।
प्रतिक्रिया