प्रहरीको यतनाले उपचारको क्रममा रामको मृत्यु

अमित ठाकुर। रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नंबर ८ जिगंडवा निवासी २० बर्षीय युवकको हत्यामा संलग्न रहेको ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेको ७ जना मध्ये १ जनाको उपचारको क्रममा बिरगंज स्थित नेशनल मेडिकल अस्पतालमा मृत्यु भएको छ।

प्रहरीको यतना पछि उपचारको क्रममा १९ बर्षीय बिजय रामको मृत्यु भएको मृतकका परिवारले जनाएको छ ।

हत्यामा संलग्न रहेका ब्यक्ति अहिले सम्म पक्राउ न परेको र निर्दोषलाई फसाउने सड्यन्त्र भएको मृतकका परिवारले जनाएको हो।

निर्दोषलाई पक्राउ गरि प्रहरीले बल जबर्जस्ती थर्ड डिग्रीको कुटपिट गर्दा रामको स्वास्थ्यमा समस्या आएको परिवारजनले बताएका छन्।

रामको किड्नीमा समस्या आएको भन्दै थप उपचारका लागि बिरगंज स्थित नेशनल मेडिकल अस्पतालमा गएराती १ बजेको करिबमा मृत्यु भएको परिवारजनले बताएको छ ।

पक्राउ परेको ७ जनालाई गत भदौ १ गते ज्यान मार्ने सम्बन्धी जिल्ला अदालत गौरबाट म्याद थप गरिएको थियो।

अनैतिक सम्बन्धका कारण रामको हत्या

मृतक निरंजन रामको अन्तरजातीय युवतीसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि छिमेकीहरुले योजनाबद्ध रामको हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीले अनुसन्धानकै क्रममा स्थानीय २२ वर्षीय युवक शेख आजादले रामसँग आफ्नो परिवारको युवतीबीच प्रेम सम्बन्ध रहेको थाहा पाएपछि अजादले साथीहरूको सहयोगमा रामको हत्या गरेको प्रहरीको ब्यानमा खुलेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतोले जनाएको छ।
तर रामको योजनाबद्ध हत्या गराउने अपराधी अहिले पनि प्रहरीको हिरासतमा नआएको मृतक रामको परिवारजनले बताएका छन्।