किस्ट अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं - किस्ट अस्पतालको आइसियूमा उपचाररत अर्घाखाँची स्थायी घर भएका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

उनको बुधबार राति ८ बजे मृत्यु भएलको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिष पाठकले बताउनु भयो । निमोनियाको समस्याले ग्रसित पुरुषलाई आईसियुमा राखेर उपचार गरिइको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिष पाठकले जानकारी दिए।

९ गते पिसिआर गरिइको थियो नतिजा पोजेटिभ देखिएको थियो । उनको शव अस्पताल मै राखिएको छ ।

त्यस्तै बिहीबार पाटनअस्पतालमा पनि उपचाररत एकजना महिलाको पनि मृत्यु भएको छ। साथै वीरगन्जमा पनि एकजना गर्भवती महिला सहित दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १ सय ८० पुगेको छ।