गाई काटेको अभियोगमा पक्राउ

काठमाडौं - बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल बस्ने शंखुवासभा भोटखोला गाउँपालिका-३ हटिया घर भएका ३२ वर्षीय छेन्डुक भोटेलाई गाई काटेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका-११ र १३ को सिमाना चुनीखेलस्थित च्याने खोलामा छेन्डुकले गाई काटेर उक्त खोलामा फाल्ने क्रममा स्थानीयहरुले फेला पारी प्रहरीलाई खबर गरे पश्चात महानरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको   हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।