एकसाता निषेधाज्ञा थप पछि काठमाडौँ प्रशासनले जारी गर्‍यो यस्तो आदेश

काठमाडौं – काठमाडौँका जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारीले जनकराज दाहालले उपत्यकामा कोरोना भाइरसको संक्रमण निरन्तर रुपमा फैलिइरहेका कारण एक साताका लागि निषेधाज्ञा थप गरेको बताएका छन्।

बुधबार बिहान बसेको बैठकमा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यही भदौ ३ गतेदेखि जारी निषेधाज्ञा एक साताका लागि थप निर्णय गरेलगत्तै एक विज्ञप्ति प्रकाशित गर्दै निषेधाज्ञाको पालना गर्न र गराउन आग्रह गरेका हुन्।
अत्यावश्यक बाहेकका अन्य व्यवसाय नखोल्न र अत्यावश्यकीय सामानको खरिदका लागि बाहेक बाहिर ननिस्कन सर्वसाधरणमा आदेश गरिएको छ। निषेधाज्ञाको उल्लंघन गर्ने वा आदेशको पालना गराउन अवरोध गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने ।

 यस्तो छ आदेश