वाग्मती प्रदेश सरकारले काठमाडौं उपत्यकामा तिन हजार बेडको आइसोलेसन तयार गर्ने
काठमाडौं - वाग्मती प्रदेश सरकारले काठमाडौं उपत्यकामा तिन हजार आइसोलेसन बेड तयार गर्ने भएको छ। स्वास्थ्य मन्त्री भानुभक्त ढकालसहितको उपस्थितिमा काठमाडौं जमलको होटल यल्लो प्यागोडामा आयोजना भएको छलफल पश्चात सो निर्णय गरिएको हो।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सहितको उपस्थितिमा भएको छलफलले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आवस्यक सुविधा र स्थानको छनौट गरेर आइसोलेसन बेड स्थापना गर्न तत्काल काम सुरु गर्ने निर्णय गरेको हो।
सो छलफल पश्चात काठमाडौं उपत्यकाका काठमाडौं भक्तपुर र ललितपुर जिल्लाका विभिन्न क्षेत्रमा उचित स्थान छनौट गरि कोरोना संक्रमितहरुलाई राख्ने सुरक्षित र सुविधा सम्पन्न आइसोलेसन केन्द्र स्थापनाका लागि नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं सांसद अध्यक्ष कृष्ण राई ,नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं महानगर इन्चार्ज सांसद जीवनराम श्रेष्ठ र बागमती प्रदेस सभा सदस्य दिपक निरौला र स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा खेम कार्कीलाई जिम्मेवारी दिइएको थियो।
उक्त छलफलमा वाग्मती प्रदेश सरकारले स्थापना गर्ने आइसोलेसन केन्द्रमा आवस्यक पर्ने स्वास्थ्यकर्मी तथा प्राविधिक जनशक्ति उपलब्ध गराउन संघीय सरकारका स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई आग्रह गर्दै मुख्यमन्त्री पौडेलले क्षमता र सुविधा विस्तारका लागि स्थानीय तहमा संचालित स्वास्थ्य केन्द्रलाई सहयोग गरिएको जानकारी दिएका थिए।
वाग्मती प्रदेसका अन्य जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्रको व्यवस्थापन भए पनि काठमाडौं उपत्यकामा त्यसमा कठिनाइ देखिएसँगै बागमती प्रदेश सरकारले तिनै तहका सरकारहरुसँगको सहकार्यमा संक्रमितहरुलाई व्यवस्थापन गर्नका लागि आयोजना गरिएको सो छलफलमा स्वास्थ्य मन्त्रालय र त्रिभुवन विश्वविद्यालयले आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिवद्धत्ता व्यक्त गरेका थिए।
सो छलफलमा आफ्ना धारणा राख्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा धर्मकान्त बाँस्कोटाले वाग्मती प्रदेश सरकारले स्थापना गर्ने आइसोलेसन केन्द्रका लागि त्रिभुवन विश्वविद्यालयका भवन तथा स्थान उपलब्ध गराउने बताएका थिए भने काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले एकीकृत स्थानमा केन्द्र निर्माणमा जोड दिँदै उपत्यका नगरपालिका फोरमबाट पूर्ण सहयोग हुने प्रतिबद्धता ब्यक्त गरेका थिए।
लकडाउनमा प्रदेस सभा निर्वाचन क्षेत्रमा अनुगमन तथा सहयोगका लागि प्रदेश सभा सदस्यको नेतृत्वमा अनुगमन समिति निर्माण गर्ने निर्णय गरेको बागमती प्रदेस सरकारले काठमाडौं उपत्यकामा संक्रमणको अवस्था निकै बढेको अवस्थामा रोकथाम र नियन्त्रणका लागि देखाएको तदारुकता र सक्रियतामा सहयोग रहने बताउँदै छलफलका अन्य वक्ताहरुले संक्रमण पहिचान र परिक्षण स्थानीय तह,आइसोलेसन केन्द्र स्थापना तथा संचालन प्रदेश सरकार र सघन उपचार सहित आवश्यक प्राविधिक सहयोग संघीय सरकारले गर्ने गरी संयन्त्र निर्माण गर्नका लागि सुझाव दिएका थिए।
सो छलफल कार्यक्रममा नेपाल सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल , नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं ९ का प्रतिनिधि सभा सदस्य कृष्ण गोपाल श्रेष्ठ ,नेकपा काठमाडौं अध्यक्ष तथा काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राई ,नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ , त्रिभुवन विश्व विद्यालयका उपकुलपति डा धर्मकान्त बास्कोटा,
काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य ,वाग्मती प्रदेशका प्रदेस सभा सदस्य दिपक निरौला , नेकपा ललितपुरका अध्यक्ष हरिकृष्ण व्यंजनकार, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा ,स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा। खेम कार्की ,स्वास्थ्य व्यवसायी परिषदका रजिस्टार पुष्प खनाल ,काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया