काठमाडौं उपत्यकामा (कोभिड)-१९ ‘चेन ब्रेक’को प्रयास

काठमाडौं - कोरोना भाइरसको संख्या व्यापकरुपमा देशका विभिन्न क्षेत्रमा फैलिदा र जिल्लासँगै संघीय राजधानीसमेत प्रभावित बनाएपछि त्यसको ‘चेन ब्रेक’ गर्न विभिन्न निकायसँगको समन्वयमा काठमाडौं उपत्यकाका पालिकाहरुले विशेष अभियान थालेका छन् ।

राजधानीमा कोरोना संक्रमणको संख्या गति तिब्रगतिले बढदै गएपछि त्यसको वास्तविक अवस्था पत्ता लगाउँदै अन्यत्र फैलिन नदिन ‘कन्ट्याक ट्रेसिङ् र शंकास्पद क्षेत्र’का व्यक्तिहरुको स्वाब परीक्षणमा तिब्र पारिएको छ ।

मुख्यगरी उपत्यका नगरपालिका फोरमले त्यसको अगुवाइ गरेको छ । काठमाडौं उपत्यकाका १६ नगरपालिका र दुई महानगर फोरममा आवद्ध छन्।

फोरमको बैठकले कोरोना संक्रमण फैलिन नदिन वडातहमै पुगेर पहिचान र उपचारलाई तिब्रता दिने निर्णय मुताविक काम थालेको हो।

समुदायमा कोरोनाको अवस्था कस्तो छ भनेर पत्ता लगाउन एकीकृत रुपमा कार्यक्रम थालेको फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताए।

हाल सम्म उपत्यकामा १० हजार संक्रमित रहेको आशंकाका साथ नियन्त्रणको काम अघि बढाइएको छ ।

उक्त अभियानमार्फत समुदायस्तरमा संक्रमण फैलिएको छ या छैन भन्ने कुरासमेत पत्ता लगाउने र समुदायमा फैलिएको अवस्था भेटिए नयाँ रणनीतिका साथ अघि बढ्ने श्रेष्ठले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकालगायत केही जिल्लामा महामारीकै रुपमा संक्रमण फैलिएको जानकारी दिए ।

हिजो मंगलबार मात्रै काठमाडौं उपत्यकामा २ सय ३२ जना नयाँ संक्रमित फेला परेका र त्यसमा सबैभन्दा बढी काठमाडौँ जिल्लाका १ सय ९९ जाना रहेका छन् ।

नत्र भने समुदायमा नपुगेको निष्कर्षका साथ रोक्ने आगामी रणनीति तय हुन्छ। सोहीअनुसार तथ्यांक संकलन र विष्लेषणको आधारमा हरेक नगरपालिकाले अभियान थालेको उनले बताए। श्रेष्ठका अनुसार मध्यपुर थिमीले वुधबारबाट उक्त अभियान थाल्दै छ ।

हाल्ल सम्म काठमाडौं उपत्यकाको कोरोना संक्रमणको परीक्षणले अबस्था कस्तो छ भनेर पत्ता लगाउने र अवस्था हेरेर नयाँ रणनीति बनाउन फलदायी हुने विश्वास गरिएको छ ।

नयाँ आइसोलेशन बनाउँदा समस्या हुने र पार्टी प्यालेसलाई पनि प्रयोग गर्न सक्ने अवस्था नरहेकाले अस्पताललाई नै परिचालन गर्नुको विकल्प नभएको फोरमले जनाएको छ ।