एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद :
काठमाडौं -सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई नगरपालिका ११ चकुवाबाट भाद्र ९ गते एपीएफ टोलीले चोरी निकासीको एक सय ७५ बोरा केराउ बरामद गरेको छ ।
सप्तकोशी नदि हुँदै छ वटा डुङ्गामा राखेर अवैध रुपले भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त केराउ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण सप्तरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
त्यसवेला एपीएफ टोलीले उक्त केराउ लैजान प्रयोग भएको छ वटै डुङ्गा समेत बरामद गरेको छ ।
बरामद केराउ तथा डुङ्गा स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । बरामदकेराउ र डुङ्गाको भन्सार दाखिला मुल्य दुई लाख ४७ हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया