उपत्यकाका एक साता निषेधाज्ञा लम्ब्याउन सिफारिस

काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा गर्ने सिफारिस गरेको छ ।

आज बैठक बसेको छलफलमा मेयर र प्रमुख जिल्ला अधिकारीहरुले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको हो । 

काभिड १९ महामारी रोकथामको लागि आज बसेको बैठकमा एक साता निषेधाज्ञा लम्ब्याउन निर्णय गरेको छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकाका मेयरहरुसँग छलफल भएको बताए ।

उनले भने, जिल्ला प्रशासन काठमाडौंका एक अधिकारीका अनुसार गृह मन्त्रलाय र प्रधानमन्त्री कार्यालयबाट आवश्यक राय सुझाव लिएर प्रशासन कार्यालयहरुले निर्णय गर्ने तयारी गरेका छन् ।