आइसोलेसनबाट एक जना संक्रमित भागे
चितवन - भरतपुरको सरकारी अस्पतालको आइसोलेसनमा चिकित्सकको निगरानीमा रहेका एकजना कोरोना संक्रमित व्यक्ति अस्पतालबाट भागेका छन् ।
भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार आज मंगलबार बिहान सात बजे उनी भागेको हुन । भरतपुर ठेगना भएका १९ वर्षीय ती युवक संक्रमित प्रमाणित भएपछि भदौ ६ गते शनिबार अस्पताल आएका थिए ।
बिहानतीर खोजदा ती युवक नभएको खबर प्राप्त पाएपछि खोजीमा प्रहरी जुटीसकेको छ’ सूचना अधिकारी पौडेलले भने ।
प्रतिक्रिया