बुटवलको भीम अस्पतालमा एक काेराेना संक्रमित पुरुषको मृत्यु
काठमाडौं- बुटवलको भीम अस्पतालमा रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५० वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
सोमबार राति ११ बजे उनकाे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुमित प्रजापतिले जानकारी दिएका छन् ।
एक हप्ताअघि घरको छतबाट लडेर घाइते भएर युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका उनलई हिजो मात्रै अस्पतालले भीम अस्पताल रिफर गरेको प्रजापतिको भनाइ छ ।
टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्नका लागि उनको पीसीआर परीक्षण गरिएको थियो ।
प्रतिक्रिया