भरतपुर प्रयोगशालामा १७ जनामा कोरोना पुष्टि
काठमाडौं - चितवनको भरतपुरमा रहेको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु मध्ये १२ जना महिला छन् ।
संक्रमितहरु चितवनका १५ जना र अन्य मकवानपुरका र नवलपुरका दुई जना रहेका छन् ।
चितवनको भरतपुर महानगरपालिकाका नौ जना, राप्ती नगरपालिकाका चार जना, रत्ननगर नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै गरी मकवानपुरका र नवलपुरका एक- एक जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको भरतपुर अस्पताल कोभिड- १९ प्रयोगशालाले जनाएको छ । पिसिआर विधिबाट ४०५ जनाको स्वाब परीक्षण गर्दा १७ जनामा कोारेना संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया