काठमाडौं उपत्यकामा भदौ १५ सम्म निषेधाज्ञा लम्ब्याउन सुझाव

काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमको सोमबार बसेको बैठकले संक्रमणको अवस्था अझै कम नभएको निष्कर्ष निकाल्दै निषेधाज्ञाको स्थितिलाई पनि भदौ १५ गते सम्म कायम गर्न उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिएको छ ।

मेयर विद्यासुन्दर शाक्यले निषेधाज्ञालाई केही समय थप गर्न जिल्ला प्रशासनलाई सुझाव दिँदै पिसिआर परीक्षणलाई बढाएर संक्रमणको स्थितिलाई नियन्त्रणमा लिने योजना बनाइएको बताए  ।  यसअघि भदौ ४ देखि लागू भएको निषेधाज्ञाको अवधि १० गते राति १२ बजेसम्म तोकिएको थियो।