लहानका कोरोना संक्रमित युवकको मृत्यु
सिराहा जिल्ला लहानका २२ वर्षीय युवकको कोरोना संक्रमित बाट मृत्यु भएको छ ।
आइतबार कोरोना संक्रमण पुष्टि भएका उनको सोमबार दिउँसो ३ बजे उपचारका क्रममा धरानस्थित बीपी
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए । ती युवकको श्वासप्रश्वासमा समस्या र मुटुसम्बन्धी समस्या देखिएको क्रममा उनी भदौ २ गते अस्पताल भर्ना भएका थिए ।
प्रतिक्रिया