२४ घण्टा खुल्ने औषधि र पानी पसल
काठमाडौं - कोरोना महामारीको कारणले काठमाडौं अत्यावश्यकमा अन्य सेवामध्ये पानी र औषधि तथा स्वास्थ्यसामग्री बिक्रीवितरण गर्ने व्यवसायले २४ घण्टा खुलन पाइने भएको छ ।
अत्यावश्यकबाहेकका गतिविधि निषेधको आदेश जारी भएको वर्तमान समयमा उक्त आदेश कार्यान्वयनको
सिलसिलामा अत्यावश्यक वस्तु वा सेवामध्ये औषधि, पानी र स्वास्थ्य सामग्री बिक्रीवितरण गर्ने पसल जुनसुकै
समयमा पनि खुला गर्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गरी जनाएको छ ।
अत्यावश्य वस्तु र सेखाद्य वस्तु, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु आदि बिक्रीवितरण गर्ने पसल
बिहान ९ः१५ बजेसम्म खोल्न पाइने छ व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा भिडभाड नगरी सामाजिक दूरी
कायम राख्नुपर्ने, मास्क र सेनिटाइजरको प्रयोगलगायत स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रतिक्रिया