रौतहटका गौर अस्पतालमा गर्भवती महिलाको सल्यक्रिया भगवान् भरोसे ?

अमित ठाकुर।रौतहट- रौतहटका गौर अस्पतालमा केहि स्वास्थय सुविधा नएकोले नामको लागि मात्र रहेको अस्पताल स्थानीयहरुले गुनासो गरेको छ । गौर जिल्ला अस्पतालमा गर्भवती महिला सुत्केरी गराउन आउँछिन तर डाक्टरले सल्यक्रिया भगवान् भरोसे गर्छन्।

रौतहट जिल्लामा एक मात्र रहेको जिल्ला अस्पताल तीन तल्ले भवन हुँदा हुँदै पनि अस्पतालमा कुनै सुविधा र भेन्डिलेटर ,आसियु रुम नहुँदा गर्भवती महिलाको सल्यक्रियाहुन सकेको छैन।

रौतहट जिल्लामा १८ वटा पालिकाहरु हुँदाहुँदै पनि अस्पतालमा कुनै पालिकाको ध्यानाकर्षण नभएको स्थानीयहरुले बताउँछन्।

अस्पताल बाहिरबाट रङ्ग रोग्ङ भई राम्रो देखेता पनि अस्पताल भित्र केही सुविधा नभएको स्थानीयहरुले बताउँछन्। लामो समय देखि चल्दै आएको जिल्ला अस्पताल सुबिधा सम्पन्न नहुँदा स्थानीयहरु र गरिब बिपन्नहरु प्राईभेट अस्पतालमा बाहिर उपचार गराउने गर्छन्।

गत बर्षमा आएको अस्पतालको लागी विकाश रकम राजनीतिक चलखेल गरि फ्रीज गराएको स्थानीयहरुले जनाएको छ। अस्पतालमा राजनीतिक चलखेलकै कारण अस्पतालमा कुनै सुबिधा सम्पन्न नरहेको स्थानीयहरुले जनाएको छ।

जिल्ला अस्पताल तीन तल्ने भवन भएता पनि प्रदेश सरकारबाट आएको अनुदान रकममा नाला निर्माण सडक ढलाल, रङ्गरोग्ङ र कम्पाउन्डबाल निर्माणकार्य केही रकम खर्च गरेको र बाँकी रकम राजनीतिक चलखेलका कारण फ्रीज भएको अस्पताल स्रोतबाट जानकारी भएको छ।

जिल्ला अस्पताल गौरका बर्सेनि कर्मचारीहरुको तलब,महङ्गीभत्ता,पोसाक भत्ता र अन्य भत्ता गरि २ करोड भन्दा बढी खर्च हुने र ब्यवस्थापन समितिका अध्यक्ष कक्षको एउटा कोठा ब्यस्थित गर्न ३ लाख भन्दा बढी रकम खर्च हुने तर रोगीहरु र सुत्केरी महिलाहरु गर्भपात गराउन जाँदा समस्या भएमा सल्यक्रिया भगवान् भरोसे गर्ने एक चिकित्सकले बताएको छ ।

अस्पताल ब्यवस्थापनका लागि प्रदेश सरकारले उपलब्ध गराएको रकमबाट पिसिआर मेसिन जडान नगरि उक्त रकम राजनीतिक चलखेल गरि फ्रीज गराएको र अहिले आईसोलेसन बनाउन र अस्पतालमा पिसिआर मेसिन जडान गर्न प्रत्येक पालिकाबाट ५ लाखको दरले संकलन गरिरहेको स्थानीयले बताउँछन्।

अहिले समुदायमा कोरोनाको कहरको चाप यतिकै रहेको र सुत्केरी महिलाको सल्यक्रिया भगवान् भरोसे छाडने गर्दछ । गौर अस्पतालमा केहि स्वास्थय सुविधा नएकोले सुत्केरी तथा अन्य महिलाहरु बाहिर अस्पताल जाने गदछ ।