कास्कीमा थप ५ दिनका लागि निशेधाज्ञा लम्ब्याउने

पोखरा - कोरोना भाइरस महामारीको कारणले कास्कीमा पुण निषेधाज्ञा जारी गरिएको छ ।
कास्कीमा भाद्र १२ गते सम्म निषेधाज्ञा लम्बिएको छ । जिल्ला जिल्ला संकट व्यवस्थापन समितिले भदौ २ गतेदेखि जारी निषेधाज्ञा १२ भदौसम्म लम्ब्याउने निर्णय गरेको हो ।

थप ५ दिनका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए ।

निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने छन् भने हिँडडुल गर्न समेत रोक लगाइएको छ ।

अत्यावश्यक सामाग्री ढुवानी गर्ने सवारी साधन, औषधि, खाद्यान्न, तरकारी, फलफूल लगायतका पसल र सेवा भने खुला रहने छन् । बेलुका ५ बजेदेखि ८ बजेसम्म निर्माण सामाग्री ओसार पसार गर्ने सवारी साधनलाई भने चल्न दिने निर्णण भएको कास्कीका सहायक सिडिओ श्रीनाथ पौडेलले जानकारी दिए ।

कास्की समुदाय स्तरमा संक्रमण फैलिएको संकेत देखिएकाले निषेधाज्ञा राख्नुपर्ने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए ।