कोरोना अस्पतालबाट दुई संक्रमित भागे

वीरगञ्ज । वीरगञ्जमा दुई जना कोरोना संक्रमित भएका व्यक्ति वीरगञ्ज हेल्थ केयर कोरोना विशेष अस्पतालबाट भागेका छन् ।

गए राति राउण्डमा गएका स्वास्थ्यकर्मीले संक्रमित नदेखेपछि तत्काले प्रहरीलाई खबर गरेका थिए ।

डिलक्स क्याबिनमा बस्दै आएका उनीहरु कसरी भाग्न सफल भए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अस्पतालको पछाडिबाट हाम फालेर भागेको हुन सक्ने आशंका प्रहरीको छ । उनीहरुको खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।