बारा र पर्सा : एक सय ५६ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा बारा र पर्सामा एक सय ५६ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी, भवानी हस्पिटल, नेशनल मेडिकल कलेजका स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा तीन वर्षीय बालकदेखि ७० वर्षसम्मका रहेका नारायणी अस्पतालका डा उदय नारायण सिंहले जानकारी दिनुभयो ।

योसँगै पर्सा जिल्लामा हालसम्म संक्रमित हुनेको संख्या १ हजार ९ सय ३५ नाघेको छ । भने अहिले सम्म पर्सामा कोरोनाबाट २८ जनाले ज्यान गुमाएका छन् ।