कोरोना संक्रममणबाट वीरगञ्जमा मृत्यु हुनेको संख्या ३७

नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा ५६ वर्षीया महिलाको उपचारको क्रममा शनिबार बेलुकी साढे ७ बजे उनको निधन भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

यो सगैँ कोरोना संक्रममणबाट वीरगञ्जमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मृत्यु हुनेमा पर्साका २८ जना , बाराका ५ जना र २ जना रौतहटका छन् ।

त्यस्तै जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।