रौतहटमा निषेधाज्ञा १४ गते सम्म लम्बियो
अमित ठाकुर।रौतहट- विश्व्यापी महामारी रुपमा फैलिएका कोरोना भाइरस संक्रमणको संख्या सबै भन्दा बढी प्रभावित रहेको प्रदेश नंबर २ का रौतहट जिल्ला रहेको छ । रौतहट जिल्लामा पुण निषेधाज्ञा १४ गते सम्म लम्बिएको छ ।
रौतहट जिल्ला विगत केही दिन देखी कोरोना संक्रमण तिब्र गतिले फैलिएको समुदाय स्तरमै जिल्ला प्रशासन कार्यालय रौतहटले फेरि निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताएको छ ।
रौतहट जिल्ला समुदाय स्तरमा संक्रमित थपिदै जाँदा गत साउन २४ गते देखि ३२ गते सम्म निषेधाज्ञा जारी गरिएको थियो।
रौतहटमा निषेधाज्ञा जारी भएता पनि समुदाय स्तरमा संक्रमितको संख्या थपिदै जाँदा ३१ गते बसेको बैठकमा थप ७ दिनको लागि निषेधाज्ञा थप गरिएको थियो।
कोरोना संक्रमण दिनप्रति दिन थपिदै गएको छ ,र लगातार रौतहटको समुदायमा संक्रमित थपिदै जदा रौतहटमा पुन १ हप्ता अर्थात् भदौ १४ गते सम्म निषेधाज्ञा गरिएको प्रजिअ यादवले बताएको छ ।
कोरोना संक्रमण बढदै जदा समुदाका मानिहरुलाई भौतिक दुरी बनाई माक्स, सेनिटाईजर र ग्लोब्स प्रयोग गरी मात्र खाद्यान्न सामाग्री बिक्रीवितरण गर्ने निर्णय गरेको थियो।
व्यतिहरुलाई अनिवार्य रुपमा माक्स र ग्लोब्स लगाई निजी सवारीसाधन प्रयोग नगर्ने अपिल गरेका छन्।
कानुन बमोजिम संक्रमन ऐन अन्तर्गत कानुनी कार्वाही गर्ने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
प्रतिक्रिया