अवरुद्ध भएका नारायणगढ-मुग्लिन सडक पुण सञ्चालनमा

नारायणगढ–मुग्लिन सडक गएरातिदेखि अवरुद्ध भएको पुण सञ्चालनमा आएको छ ।
गएराति पनि परेर सुख्खा पहिरो झरेर सडक अवरुद्ध भएको थियो ।

मुग्लिन सडकखण्डको चार किलो सम्मको पहिरो झरेर अवरुद्ध भएको थियो ।

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति करिब १ बजेतिर इच्छाकामना गाउँपालिका–५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको थियो । आज पहिरो हटाएसँगै सवारीसाधनहरु पुण सञ्चालनमा आएको छ ।