रौतहटका बोर्डर शिल भएता पनि, तस्करी र आवतजावत जारी
अमित ठाकुर -रौतहटको बोर्डरमा आवत जावतमा पुर्ण कडाई भएता पनि लकडाउनमा दैनिक ज्यालादारी गर्ने ब्यक्तिको आवत जावत जारी रहेको छ ।
विश्व्यापी महामारीको कारणले सरकारले गत चैत ११ गते देखि लकडाउन तथा बोर्डरमा आवतजावतमा कडाइ गरेपछि पहिलो चरणको लकडाउनमा तिनै स्तरका जन्ताहरुलाई त्यति अप्ठ्यारो नबुझाएको स्थानीयले बताउँछन् ।
नेपालमा पछिल्लो अवस्थामा लकडाउनमा पुर्ण कडाइ हुँदा समुदाय स्तरमा कोरोना संक्रमित नफैलिएको स्थानीयले बताउँछन्।
सरकारले गत साउन ७ गते देशैभरका बोर्डर बाहेक लकडाउन खोलिएपछि बजारमा आवश्यकता भन्दा बढी भिड र बोर्डर सिमामा आवत जावत गरि रहदा समुदायमा कोरोना संक्रमित फैलिएको स्थानीयले बताउँछन् ।
रौतहट जिल्लाको र भारत बिहार राज्यको सितामढी र मोतिहारी जोड्ने बोर्डरमा दैनिक सयौं मानिसहरु अवतजावत भई रहदा संक्रमित फैलिएको स्थानीयले बताउँछन् । नामको लागि मात्र बोर्डर सिल रहेको स्थानीयहरुले बताउँछन् ।
दैनिक ब्यक्तिहरु रौतहटको लक्ष्मीपुर बेलबिक्षवा, ब्रहम्पुरी,महादेवपट्टी,आरैया,लतमरी,मठिया,महुलिया सहितका नाकाहरुबाट भारत र नेपालको नकमा आवत जावत संगै तस्करी पनि भईरहेको स्थानीयले जनाएको छ।
सिमा नानाकामा २४ घण्टा शस्त्र प्रहरी र नेपाल प्रहरीको गस्ती टोली रहदा पनि दिनहुँ ब्यक्तिहरु कसरी प्रवेश गरिराको छ,भने बोर्डरमा खटिएको शस्त्र तथा नेपाल प्रहरी माथि ठुलो प्रशन उठ्न थालेका छन्।
नकामा कडाइ नभएकाले सयौं मानिसहरुको संख्या आवत जावत भईरहेको कारणले समुदायमा कोरोना
संक्रमण बढी रहेको स्थानीयले बताउँछन् ।
रौतहट समुदाय संक्रमित थपिदा पिसिआर टेस्टको दायरा बढाउने र क्वारेन्टाइन आईसोलेसन रुम तत्कालै निर्माण गर्ने स्थानीयहरुले तिनै तहका सरकार संग अपिल गरेका छन्।
रौतहटका बोर्डरमा खटिएका सुरक्षाकर्मीलाई नाकामा पुर्ण रुपले कडाइ गर्न आग्रह गरेका छन्।
प्रतिक्रिया