राति १२ देखि बिहान ९ बजेसम्म तरकारी बजार खुल्ने

काठमाडौं । कोरोना भाइरस महामारीको कारणले काडमाडौं उपत्यकामा निषेधाज्ञा भएकोले कालीमाटी, बल्खु, कुलेश्वरसहितका तरकारी तथा फलफूलको होलसेल बजार राति १२ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खुल्ने भएको छ ।

किसानले बजारसम्म ल्याएको तरकारी निषेधाज्ञाकै कारण बिक्न छाडेपछि बजार खुल्ने समयावधि बढाउन व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका थिए ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति र स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा बजार बिहान ९ बजेसम्म सञ्चालन हुन दिने सहमति भएको कालीमाटी प्रहरी वृतका प्रमुख डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।