प्रेम सम्बन्धका कारण युवकको हत्या, ७ जना पक्राउ

अमित ठाकुर- रौतहट जिल्लामा ५ दिन पहिला एक दलित युवकको घाँटी रेटेर हत्या गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोले बताए ।

गरुडा नगरपालिका ८ जिगंडवा निवासी २० वर्षीय युवक निरञ्जन राम जन्म दिनमा गएको र भोलिपल्ट सम्म नआए पछि उनको परिवारजनले खोज तलास गर्दा बस्तीको ३ सय मिटरको दुरीमा रामलाई निर्मम हत्या गरेर फालेको थियो।

परिवारजनले आफ्नो छोराको हत्या भएको देख्न साथ प्रहरीलाई खबर गरेको थियो। गत साउन ३२ गते बिहानै घाँटी रेटेर हत्या गरेको हेर्दा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
प्रहरीले अनुसन्धान थालिएपछि गरुडाको एक फलफुल नर्सरीमा काम गर्थे र उनकै छिमेकीहरुले हत्या गरेको अनुसन्धान पछि खुलासा भएको छ ।

रामले आफ्नै गाउँको अन्तरजातीय युवतीसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि छिमेकीहरुले योजनाबद्ध रामको हत्या गरेको प्रहरीले जनाएको हो।

प्रहरीले अनुसन्धानकै क्रममा स्थानीय २२ वर्षीय युवक शेख आजादले रामसँग आफ्नो परिवारको युवतीबीच प्रेम सम्बन्ध रहेको थाहा पाएपछि अजादले साथीहरूको सहयोगमा रामको हत्या गरेको प्रहरीको ब्यानमा खुलेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतोले बताएको छ।

प्रहरीले थप अनुसन्धानको क्रममा फलफूल नर्सरीमा काम गरिरहेका रामलाई जन्मदिनको भोज खुवाउने भन्दै अत्याधिक मदिरा सेवन गराइ बस्ती भन्दा तीन सय मिटर टाढाको स्थानमा लगेर धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको ब्यानमा खुलेको हो।

आजादले हत्या गरेपछि घारिलो हतियार पानीमा फालेको र घाँटी रेटेको बेला चोर औला कटेको प्रहरीले जनाएको छ।

हत्यामा सँलग्न रहेको आरोपमा प्रहरीले स्थानीय शेख आजाद,२० बर्षिय अजयकुमार रंजन, १९ बर्षिय विवेक कुमार यादव, १९ बर्षिय अर्जुन राम, २० बर्षिय सिकिन्द्र राम, १९ बर्षिय विजय महरा, सहित सात जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको प्रहरी नायव उपरीक्षक महतोले जनाएको छ।