ट्राफिक प्रहरीमा १७ जनालाई कोरोना संक्रमण

काठमाडौं । बिहीबार तीर १७ जना ट्राफिक प्रहरीमा कोरोना संकंमण देखिएको छ ।

काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रहरी अस्पताल,महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुको संक्रमण पुष्टि भएको हो ।

ट्राफिक प्रहरीका एक जना उच्च अधिकृतका अनुसार संक्रमित प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ ।