किशोरी वेचबिखन गर्ने आरोपित पक्राउ
काठमाडौ- १७ वर्षीया किशोरीलाई वेचबिखन गर्ने आरोपित तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने नुवाकोट तादी गाउँपालिका-३ खरानिटार घर भएका अर्पण तामाङ भनिने २२ वर्षीय राजु तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीले आफू वेचबिखनमा परेको भन्ने जानकारी गराएपश्चात प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ती किशोरीलाई तामाङले सधैंभरि माया गर्ने, विवाह गर्ने भन्दै प्रलोभन देखाई प्रेमजालमा फसाएर शुरूमा काठमाडौं गोंगबुस्थित गेष्टहाउसमा लगि पटकपटक जवरजस्ती करणी गरेपश्चात आफ्नो साथीको जिम्मा लगाएको र उनको साथीले किशोरीलाई गोंगबुबाट ट्याक्सीमा चितवन हुँदै काकडभिट्टा सिमा नाकाबाट अपरिचित भारतीय पुरुषको जिम्मा लगाएका थिए ।
साथै भारतीय पुरुषले किशोरीलाई विभिन्न डरत्रास देखाई शारीरिक तथा मानसिक पीडा दिँदै रोजगार लगाईदिने बहानामा भारतको विभिन्न ठाँउमा लैजाने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उक्त व्यूरोले जनाएको छ ।
प्रतिक्रिया