लकडाउन उल्लंघन गर्ने दुई सय बढी सवारीसाधन प्रहरीको नियन्त्रणमा

काठमाडौं - विश्व्यापी महामारीको कारणले आज बाट एक हप्ताको लागि सरकारले गरेको निषेधाज्ञा लागु भएको छ ।
आज सवारीसाधन चलाउनेहरुले लकडाउनको उल्लंघन गर्ने दुई सय बढी सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंको कोटेश्वर, बानेश्वर, जावलाखेललगायत स्थानबाट सवारीसाधन नियन्त्रण लिने काम जारी रहेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

प्रहरीले पक्राउ परेका सवारीसाधनलाई भोलिदेखि ननिस्कन अनुरोध गरी साँझ छाडिने गौतमले बताए।

महानगरीय प्रहरी परिसर काठमाडौंले अनावश्यक काममा निस्केका मानिसहरूलाई घर फर्काइएको छ।

लकडाउनको पटक-पटक उल्लंघन गरेभने संक्रामक रोग ऐनअनुसार कारबाही गरिने परिसरले जनाएको छ।