धरानमा मृत्यु भएका युवकमा कोरोना पुष्टि
धरानमा मृत्यु भएका युवकमा कोरोना पुष्टि
धरानमा मंगलबार मृत्यु भएका सप्तरीका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
ती मृतक घर राजविराज वडा नं ४ का २८ वर्षीय युवक रहेका हुन् ।
उनलाई सांसप्रसाश र ज्वरो आएको र सास फेर्न गाह्रो भएका युवकलाई सुरुमा उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको थियो ।
ती युवकको अवस्था गम्भीर हुदै जदा सो अस्पतालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरेको थियो । धरान लगिएको केहीबेरमै मंगलबार दिउँसो उनको मृत्यु भएको थियो ।
ती युवकको शव राजविराज ल्याइएपछि स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्ट बुधबार राति कोरोना पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया