राहत लिएर भुम्लु पुगे : नेता दावा लामा
काठमाडौं- नेपाली कंग्रेस को भातृ संगठन नेपाल तरुणदल काभ्रेको जिल्ला सभापति तथा युवा नेता समाजसेवी दावा लामाले भुम्लु गाउँपालिका कोलातिमा ८० घर धुरिलाइ चामल, नुन, तेल , साबुन , मास्क सेनेटाइजर सहित राहत बितरण गरेका छन ।
समाजसेवी दावा लामाले आफ्नो ब्यक्तिगत खर्चमा भुम्लुको कोलाती पुगि त्यहाँका पिछडिएका दलित र पीडित समुदायलाई लछित गरि वडा अध्यक्ष भरत बहादुर शिभभक्तिलाई उक्त स्वास्थ सुरक्षा सामाग्री र राहात बितरण गरेका छन् ।
यसै गरि पालिकाको स्वास्थकर्मी र सुरक्षाकर्मिको लागि ८ सेट पिपिइ ३ हजार ५ सय पिस मास्क र दस वटै वडाको लागि १० वटा सेनेटाइज स्प्रे मेसिन सहित सेनेटाइज पालिका प्रमुख प्रशासकिय अधिकृत मदन कुमार बजगाइ र स्वास्थ साखा प्रमुख सुदर्शन भट्टराईलाई हस्तान्तरण गर्नु भएको छ।
उहाँले आफू भुम्लेली जनताको हर सुख दुखमा साथ रहेको र यो विषम परिस्थितिमा कोहि पनि न आत्तिन र सामाजिक दुरि कायम गरि काम गर्न अपिल गर्नु भएको छ ।
यसै गरि आगामी दिनहरुमा पनि आफुले सकेको साथ सहयोग निरन्तर गरिरहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
समाजसेवी दावा लामले यस् अधि पनि सहयोग गर्दै आउनु भएको छ। तेसैगरी कोलाती अध्यक्ष भरत शिबभक्तिले दावा लामा लगाएत नेपाली कांग्रेस भुम्लुलाइ धन्यवाद दिनुभएको छ । र प्रमुख प्रशासकीय अधिकृत मदन बजगाइले पनि खुसी व्यक्त गर्दै दावा लामा र भुम्लु कांग्रेसलाई धन्यवाद दिनु हुँदै खुसी व्यक्त गर्नु भएको छ ।
उक्त कार्यक्रममा नेपाल बिद्यार्थी संगठन काभ्रे उपसभापति सुजन भण्डारी , पार्टी क्षेत्रीय उप-सभापति बेल लामा भुम्लु काङ्ग्रेस पार्टी सभापति अञ्चल मोक्तान ,भुम्लु पार्टी प्रबक्ता बिष्णु उप्रेती, पिर्ब जिल्ला सदस्य नवीन खरेल ,फलाटे इकाइ सभापति राम उप्रेती ,नबारज उप्रेति , कृष्ण मोक्तान, कमल लामा लगाएत युवा नेताहरुको सहभागिता रहएको थिए ।
प्रतिक्रिया