पर्सा जिल्ला : थप १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि
मंगलबार राति गरिएको कोरोना परीक्षणमा १ सय १७ जना पर्सा जिल्लामा संक्रमित थपिएका छन् ।
नारायणी अस्पतालको प्रयोगशालामा राति गरिएको परीक्षणमा १ सय १७ जना कोरोना संक्रमित थपिएको नारायणी अस्पतालका चिकित्सक डा नीरजकुमार सिंहले बताउनु भयो ।
तीमध्ये चार जना बारा र एक जना सप्तरीका छन् । कोरोना संक्रमण हुनेमा ३५ महिलासहित १ सय १७ जना रहेको नारायणी अस्पतालका चिकित्सक डा नीरजकुमार सिंहले जानकारी दिनुभयो ।
८९ जना बहुदरमाई नगरपालिकाका बासिन्दा हुन् । बहुदरमाई नगरपालिका–५ भौराटारमा मात्र ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया