धनुषामा थप एक जना कोरोना संक्रमितको मृत्यु, धनुषामा मृत्यु हुनेको संख्या ९ पुगे

सोमबार धनुषामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ३ कटैया निवासीको ६५ बर्षीय पुरुषको कोरोना संक्रमित बाट आज प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उनलाई बिरामी परेर गत साउन २६ गते अस्पताल भर्ना भएका थिए ।

उनको भनाभको दिनमा स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । ति पुरुषको साउन ३१ गते रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनलाई गए राति सास फेर्न समस्या भएपछि आईसीयूमा भर्ना गरिएको थियो ।

योसँगै धनुषामा कोराना संक्रमति बाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।