पोखरीमा डुबेर बेपत्ता भएकाको शव एपीएफ टोलीद्वारा फेला

मोरङ-विराटनगर महानगरपालिका-१४ स्थित एक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव एपीएफ टोलीले फेला पारेको छ ।

भारत घर भई विराटनगर, रानीस्थित मामाघरमा बस्दै आएका १७ वर्षीय विशाल चौधरी आइतबार बिहान सो पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

यसबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण मोरङ र बोर्डर आउट पोस्ट जहदाफुटाबाट खटिएको एपीएफ टोलीले उनको खोजी कार्य गर्दा

हिलोमा गाडिएको अवस्थामा उनको शव फेला परेको हो ।