सिन्धुपालञ्चोकमा नेपाली सेनाद्वारा खोज तथा उद्धार कार्य जारी
सिन्धुपालञ्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं.२ मा गएको पहिरोमा परि हराइरहेका व्यक्तिहरुको नेपाली सेनाको खोज तथा उद्धार टोलीले खोजी कार्य जारी राखेको छ ।
नेपाली सेनाको श्री गोरखबक्स गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय वासिन्दालगायत अन्य निकायहरुको सहयोगमा हालसम्म चारजना महिला, तीनजना पुरुष, पाँचजना बालिका र सातजना बालक गरी जम्मा १९ जनाको शव फेला पारेको छ ।
उक्त पहिरोमा परी हराइरहेका २० जनाको खोजी कार्य जारी राखेको छ ।
साउन ३० र ३१ गते नेपाली सेनाको एमआई १७ हेलिकप्टरद्वारा खाद्यान्न, लत्ता कपडा, पाल लगायत अत्यावश्यक राहत सामग्री ढुवानी गरी उक्त स्थानमा पुर्याएको छ ।
स्थानीय प्रशासन, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय वासिन्दालगायत अन्य
निकायहरुसँग निरन्तर समन्वय र सहकार्य गरी नेपाली सेनाका ४७ जना खोज तथा उद्धार कार्यमा खटिइरहेका छन् ।
प्रतिक्रिया