राष्ट्रिय राजनीतिबाट अपमानित माधव नेपाललाई अजय गुप्ताको टक्कर

काठमाडौँ । २०७० सालको संविधानसभा निर्वाचनमा माधव नेपाल र अजय गुप्ता आमनेसामने थिए । त्यतिखेर माधव नेपाल एमालेका पक्षबाट लडेका थिए भने गुप्ता फोरम लोकतान्त्रिकमा थिए । गुप्ताले त्यतिखेरै नेपाललाई आच्छुआच्छु पारेका थिए । त्यस निर्वाचनमा ३ सय मतको झीनो अन्तरले नेपालसँग गुप्ता पराजित भए ।

अहिले नेपाल एमाले फुटाएर नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गरी यही पार्टीबाट चुनावी मैदानमा होमिएका छन् भने गुप्ता लोसपा हुँदै एमालेमा पुगेका छन् । एमालेजस्तो बलियो सांगठनिक आधार र जनसमर्थन भएको पार्टीमा छँदै माधव नेपालले बालबाल संघीय संसदमा स्थान जोगाउन सकेका थिए भने यसपालि उनी झन् कठोर परीक्षा दिइरहेका छन् । खासमा निकै प्रतिकूल समयमा पनि प्रत्यक्ष चुनाव लड्ने आँट गर्नु नै उनका लागि ठूलो कुरा भएको छ ।

माधव नेपालले यसअघिका चुनाव जित्नुको एक प्रमुख कारण राष्ट्रिय राजनीतिमा उनको प्रभाव हो । त्यो प्रभाव एमाले पार्टीको नेतृत्व गर्न पाएका कारण सम्भव भएको हो । एमालेबाट बाहिरिनेबित्तिकै उनको प्रभाव सयबाट झण्डै शून्यमा झरेको छ । यसपालि उनको एक मात्र आस सत्ता गठबन्धन हो । यो त्यही गठबन्धन हो, जहाँ उनी बारम्बार अपमानित र अपहेलित हुँदै आएका छन् । यो कुरा उनले धेरै सार्वजनिक कार्यक्रममै भन्दै आएका पनि छन् ।

सत्ता गठबन्धनको प्रमुख शक्ति नेपाली कांग्रेस हो । नेपालका लागि विडम्बनापूर्ण पक्ष के भने यस क्षेत्रमै कांग्रेसको नगन्य उपस्थिति छ ।
नेपाल राष्ट्रिय राजनीतिबाट किनारातिर धकेलिइरहँदा युवा नेता अजय गुप्ता जनतासँग भिजेका नेता मानिन्छन् । २०७४ मा गौर नगरपालिकाका मेयर भएकाले पाँच वर्ष उनले स्थानीय जनतालाई प्रत्यक्ष सेवा गर्ने मौका पाए । यसअघि माधव नेपालले आफूले गरेका काम भनेर गलत प्रचार गरेका कुराको भण्डाफोर पनि गुप्ताले यसबीचमा गर्न भ्याएका छन् । गुप्ता व्यावसायिक पृष्ठभूमिका व्यक्ति पनि भएकाले उनले रौतहटवासी युवालाई प्रत्यक्ष रोजगारी दिएका छन् । मधेसी पृष्ठभूमि र युवा उमेर उनका थप सबल पक्ष हुन् । त्यसैले यसपालि माधव नेपालको विरासत ढाल्ने उनको योजना धेरै सहज बन्दै छ ।

माधव नेपालको राजयोग विगत पाँच वर्षदेखि निकै प्रतिकूलताका बीच गुज्रिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको प्रतिशोधले आफ्नै पार्टीको सरकार ढाल्न पुष्पकमल दाहाल र शेरबहादुर देउवासँग गठबन्धन गरे । बालुवाटारको ललितानिवास जग्गा घोटाला प्रकरण बाहिरिएदेखि उनको आधा निद्रा हराएको छ । अख्तियारबाट बालबाल बचेका उनीविरुद्ध सर्वोच्च अदालतले मुद्दा चलाउन आदेश दिन सक्ने प्रबल सम्भावना देखिएपछि हतारहतार प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउन अग्रसर भए ।

राष्ट्रिय रुपमा प्रभाव गिर्दै गएपछि माधव नेपालप्रति स्थानीयस्तरमा पनि भरोसा टुट्दै गएको छ । जनतालाई भुलाउन अहिलेसम्म उनले गर्दै आएका सस्ता प्रकारका हत्कण्डाबारे जनता थाहा पाउँदै जान थालेका छन् । हालै मात्र उनले आरजु राणा शैलीमा फ्रि भिसा फ्रि टिकटको प्रलोभन देखाएको भिडियो भाइरल भएको छ । देशको प्रधानमन्त्री भइसकेको नेताले आफ्नै देश बनाएर रोजगारी दिन नसकेकोमा प्रायश्चित गर्नुको साटो उल्टै युवालाई पलायन गराउने एजेन्डा लिएर चुनावमा जानु वैचारिकरुपमा टाट पल्टिएको उदाहरण हो । यस्तै नेपालले रौतहट गएर सरकारको कुनै निकायले नचिनेको योजना उद्घाटन गरेपछि उनकै पार्टीकी नेतृ रामकुमारी झाँक्रीले नेपालको धोती खुस्काइदिएकी थिइन् ।

माधव नेपालले आफ्नो जन्मघर गौर भने पनि चन्द्रनिगाहपुरलाई मुख्य मुकाम बनाइरहेको र घर पनि त्यहीँ बनाएको भनेर समेत अहिले रौतहट–१ का बासिन्दाले नेपाल आफ्नो नेता हुन नसक्ने भनिरहेका छन् । आफ्नो सुरक्षा हेरी जनताको नाडी छाम्दै जनतामा भ्रम छर्दै निर्वाचन क्षेत्र फेर्दै हिँड्ने नेता भनेर समेत नेपालको चर्चा भइरहेको छ । अर्कोतिर नेपाल प्रधानमन्त्री भएका बेला मधेस आन्दोलन दमन गरेर झण्डै १३३ निहत्था नागरिकको गैरन्यायिक हत्या गरेकोमा पनि यसपालि रौतहटवासीले हिसाब खोजिरहेका छन् ।

एमालेले उनलाई प्रधानमन्त्रीसम्म बनायो तर उनी आफैचाहिँ कहिल्यै एमालेको हुन सकेनन् । एमाले सिध्याउने कसम खाएका उनले पार्टी फुटाएर प्रचण्ड, देउवा र अरु अदृश्य शक्तिलाई गुन लगाए । उनको यही हर्कतका कारण एमाले पंक्ति जसरी पनि नेपाललाई यसपालि हार चखाउने अठोटमा छ भने पुराना नेताहरुलाई विस्थापित गर्ने नो नट अगेन अभियानको पहिलो तारो पनि शेरबहादुर देउवापछि माधव नेपाल नै छन् ।

यी सारा परिदृश्यले यसपालि अजय गुप्ताको संघीय संसद प्रवेशलाई सहज बनाउँदै लगेको देखाउँछ । गत स्थानीय चुनावदेखि नै युवाप्रति बढेको जनलहरको फाइदा पनि गुप्ताले पाउने देखिँदै छ । गुप्तालाई अर्को सहजता जसपासँगको एमालेको तालमेलले थपेको छ ।माधव नेपालले आफ्नो जन्मघर गौर भने पनि चन्द्रनिगाहपुरलाई मुख्य मुकाम बनाइरहेको र घर पनि त्यहीँ बनाएको भनेर समेत अहिले रौतहट–१ का बासिन्दाले नेपाल आफ्नो नेता हुन नसक्ने भनिरहेका छन् । आफ्नो सुरक्षा हेरी जनताको नाडी छाम्दै जनतामा भ्रम छर्दै निर्वाचन क्षेत्र फेर्दै हिँड्ने नेता भनेर समेत नेपालको चर्चा भइरहेको छ । अर्कोतिर नेपाल प्रधानमन्त्री भएका बेला मधेस आन्दोलन दमन गरेर झण्डै १३३ निहत्था नागरिकको गैरन्यायिक हत्या गरेकोमा पनि यसपालि रौतहटवासीले हिसाब खोजिरहेका छन् ।

एमालेले उनलाई प्रधानमन्त्रीसम्म बनायो तर उनी आफैचाहिँ कहिल्यै एमालेको हुन सकेनन् । एमाले सिध्याउने कसम खाएका उनले पार्टी फुटाएर प्रचण्ड, देउवा र अरु अदृश्य शक्तिलाई गुन लगाए । उनको यही हर्कतका कारण एमाले पंक्ति जसरी पनि नेपाललाई यसपालि हार चखाउने अठोटमा छ भने पुराना नेताहरुलाई विस्थापित गर्ने नो नट अगेन अभियानको पहिलो तारो पनि शेरबहादुर देउवापछि माधव नेपाल नै छन् ।

यी सारा परिदृश्यले यसपालि अजय गुप्ताको संघीय संसद प्रवेशलाई सहज बनाउँदै लगेको देखाउँछ । गत स्थानीय चुनावदेखि नै युवाप्रति बढेको जनलहरको फाइदा पनि गुप्ताले पाउने देखिँदै छ । गुप्तालाई अर्को सहजता जसपासँगको एमालेको तालमेलले थपेको छ ।