नारायणी अस्पतालमा कोरोना संक्रमण पुष्टि भएको दुई जनाको मृत्यु
नारायणी अस्पतालमा बिहीबार बिहान मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरुलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो ।
नारायणी अस्पतालको आकस्मिक कक्ष र भेन्टिलटरमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको थियो ।
डा उपाध्यायका अनुसार २ जनाको मृत्युपछि आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो।
मृत्यु भएका दुबै जना बाराका हुन् ।
प्रतिक्रिया