कोरोना भइरसले प्रहरी र पत्रकार भन्दैन, किन गरिन्छ लापरबाही ?
काठमाडौं । मुलुकमा फैलिँदो कोरोना संक्रमणका कारण मृत्युदर ह्वात्तै बढेको छ ।
कोरोना पुष्टि भएको साढे तीन महिनासम्म यसबाट मृत्यु हुनेको संख्या १० मात्रै थियो । अहिले यो संख्या बढेर सय पुग्न लागिसकेको छ । आज या भोलिसम्ममा नै यो संख्या १ सय नाघ्ने निश्चित छ ।
विश्वभरनै कोरोनाको महत्वपूर्ण सिकाइ भनेको घरबाहिर निस्कँदा अनिवार्य रुपमा उचित तवरले मास्क लगाउनु नै हो ।
अहिले खासगरी पत्रकार र प्रहरी निकायबाट नै भीडभाड नगर्ने र सामाजिक दूरी कायम गर्ने भन्ने सरकारको आब्हानलाई उल्लङघन गर्ने काम भईरहेको छ ।
गोंगबु घटनामा संलग्नता रहेको भनिएकी महिलालाई सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मलेनको खचाखच भरिएको पत्रकारको दृष्यले झसङग गराएको छ ।
सरकारको आदेशको पालना गर्ने र गराउने प्रहरी निकायमा नै यसरी भीडभाड हुनु पक्कै पनि राम्रो कुरो होइन । भौतिक दूरी कायम गर्ने, मास्कको सधैं प्रयोग गर्ने र भीडभाड नगर्ने भनेर बारम्बार सरकारी निकाय , सञ्चारमाध्यम र प्रहरीले भन्ने गरेको छ । तर,तिनै ले उल्लङघन गरेको देखियो ।कुनैपनि घटनाबारे जनतालाई सुसुचित गराउने पत्रकार र प्रहरीले पनि भीडभाडको ख्याल गर्नु पर्दथ्यो ।
पत्रकार सम्मेलनमा पत्रकार जानु हुँदैन थियो भन्ने पक्कै होइन। आम मानिसको भनाई के हो भने अहिलेको संकटको बेलामा सबै पक्षबाट स्वास्थ्य मापदण्डको पालना होस् भन्ने नै हो ।
यो तस्बीर देखर त्यहाँ जाने पत्रकार र प्रहरीलाई पनि पक्कै लाज लागेको होला ।
सर्र्वसाधारणले कतै भीड गरे भाटा बोकेर तर्साउनेले आफैं यस्तो गर्न सुहाउँछ रु अनि सर्वसारणलाई सचेत गराउन आग्रह गरिरहने पत्रकार आफैं भीडमा किन समावेश भएको रु त्यो भीडमा रहेका कुनै एक व्यक्तिलाई मात्र संक्रमण भएको रहेछ भने परिणाम कस्तो हुन्छ रु कसैले सोचेको छ ।
यस्तै यहाँ विरामीको वहानामा एम्बुलेन्समा आवतजावत भईरहेको छ ।जुन प्रवृति आफैमा घाटक छ ।यस्तो हेलचेक्रयाइँ आफू मात्र होइन,समुदायका लागि पनि जोखिमपूर्ण छ ।
संक्रमितको संख्या उकालो लाग्दै जाँदा गम्भीर बिरामी पनि बढ्न थालेको छ । घना वस्ती भएको काठमाडांै उपत्यकामा दिनहुँ सय जनाभन्दा बढीका दरले संक्रमित थपिइरहेका छन् , जुन चिन्ताको विषय भएको छ ।
यो अवस्थामा सरकारले मानिसहरुलाई अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन भनिरहे पनि कतिपय मानिस तथा निकायबाट यसको पालना गरेको पाइँदैन ।
मानिसहरु सडकमा निर्वाध रुपमा हिडिनै नै रहेका छन् ।कतिपयले त मास्क नै नलगाई सार्वजनिक स्थलमा हिँडडुल गरिरहेका छन् ।
नेपालमा मृत्युदर कम छ भन्दाभन्दै पनि पछिल्लो समय संक्रमितहरुको एक्कासी मृत्यु हुने अवस्था देखिएको छ यसलाई सरकारले खतराको रुपमा लिनुपर्छ । अब सरकारले जुध्ने रणनीति र व्यवस्थापन योजना पनि त्यही ढंगले बनाउनुपर्छ ।
प्रतिक्रिया